१४ दिनका नाबालकसहित ३९ मा नयाँ संक्रमण

  • ख-
  • ख+

भदौ १६, पोखरा
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार २ सय ५ पुगेको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार लमजुङमा १४ दिनका नाबालकसहित प्रदेशमा ३९ नयाँ संक्रमित थपिएका छन् । लमजुङमा मात्र एकै पटक २६ जनामा नयाँ संक्रमण भेटिएको छ ।


उनीहरु सबै बेसिसहरका हुन् । लमजुङ सामुदायिक अस्पतालमा उपचाररत पाँच जनामा संक्रमण देखिएको छ । त्यहाँ कार्यरत ६ पुरुष र ५ महिलामा पनि संक्रमण देखिएको छ । संक्रमित नाबालक पनि अस्पतालमा उपचाररत रहेको निर्देशनालयले जनाएको छ ।


संक्रमितमा नवलपरासी बर्दघाट सुस्ता पूर्वका १० जना, बाग्लुङका १ र कास्कीका दुई थपिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी