अब घरबाटै परीक्षा दिन पाइने

  • ख-
  • ख+

भदौ १६, काठमाडौं
कोरोनाका कारण भाद्रभित्र शिक्षण संस्था खुल्ने अनिश्चितताका बीच अब घरबाटै परीक्षा दिने बाटो खुलेको छ । पूर्वाञ्चल विश्वविद्यालयले सेमेस्टर प्रणालीको परीक्षाका लागि घरबाटै दिन सकिने व्यवस्था गरेको हो । यस्तो परीक्षा अनलाईनबाट दिन सकिनेछ ।


स्नातक र स्नातकोत्तर तहको परीक्षा यसरी वैकल्पिक विधिबाट दिने व्यवस्था गर्न लागिएको विश्वविद्यालयका परीक्षा नियन्त्रक प्राडा सूर्यप्रसाद संग्रौलाले जानकारी दिए ।
यसअन्र्तगत परीक्षा शुरु हुनु अघि ईमेलबाट केन्द्राध्यक्षकहाँ आधा घण्टा अघि र परीक्षार्थीकहाँ १५ मिनेट अघि पुग्नेछ ।

प्रश्नपत्र पाएका परीक्षार्थीले उत्तर समयभित्र सकेर ईमेलमार्फत नै पठाउनुपर्नेछ । मध्यपश्चिम विश्वविद्यालयले भने अनलाईन र अफलाईन दुवै परीक्षा चलाउने तयारी गरेको छ । त्रिविले भने डिनको कार्यालयलाई यससम्बन्धी व्यवस्था गर्न जिम्मा दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी