रहेनन् दुर्गा मन्दिरका ‘पर्याय’ जीतबहादुर

  • ख-
  • ख+

दमौलीः झण्डै दुई दशक लामो समय दुर्गा मन्दिर संरक्षण समितिको नेतृत्व गरेका दमौलीका समाजसेवी सुवेदार जीतबहादुर श्रेष्ठको निधन भएको छ ।

न्युमोनियाका कारण राजधानीस्थित अल्का अस्पतालमा आईतबार निधन भएका उनको दमौलीस्थित सेतीमादी शवदाहस्थलमा अन्त्येष्टि गरिएको छ । दुई श्रीमती, तीन छोरा र चार छोरीका पिता उनको पारिवारिक परम्पराअनुसार अन्त्येष्टि गरियो ।


कांग्रेसका क्रियाशिल सदस्य तथा भूपू सैनिक संघमा समेत आवद्ध उनलाई नेपाली कांग्रेस सभापति बैकुण्ठ न्यौपाने, व्यास नगर सभापति शान्तिरमण वाग्ले, व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठ तथा व्यास ४ का कांग्रेस सभापति ईन्द्रबहाद्र दरैले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

यसैगरी भूपू सैनिक क्लबले पनि उनीप्रति श्रद्धाञ्जली प्रकट गर्दै क्लबको झण्डा ओढाएको थियो ।


दुर्गामन्दिरका ‘आजीवन’ अध्यक्ष
लामो समय मन्दिरका अध्यक्ष रहेका उनलाई निरन्तर साधारण सभाले अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । दुर्गा मन्दिरको नेतृत्वमा लामै समय रहेकाले दुर्गा मन्दिरको नाम आउनासाथ उनको नाम आउँथ्यो ।

भारतीय सैनिकको सुवेदारबाट सेवा अवकाश भएर दमौली फर्केपछि नै उनी मन्दिरको नेतृत्वमा गएका थिए । ‘उहाँ सधैं मन्दिरका लागि भनेर हिंडिरहनुहुन्थ्यो,’ उनका ज्वाईं एवं तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले भने,‘सबैले जीवनकालसम्मका लागि अध्यक्ष उहाँलाई नै दिने निर्णय गरेका थिए ।’
उनी तनहुँसुरे नेवारहरुको तनहुँसुर भीमसेन धर्मगुठीका नाय समेत थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी