बलसिं मृत्यु प्रकरण: ‘घटनाको निष्पक्ष छानविन होस्’

  • ख-
  • ख+

दमौलीः प्रहरी कार्यालयको नियन्त्रणबाट निस्केपछि बेपत्ता भनिएका घिरिङ गाउँपालिका ४ सिप्लुङ निवासी ३० वर्षका बलसिं रानाका आफन्तले घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।

मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
गत २० मंसीरमा प्रहरी नियन्त्रणमा परेका उनी भोलिपल्ट प्रशासनको आदेशबाट रिहा भएको प्रहरीको भनाई छ ।

तर प्रहरीका अनुसार सामान लिन आएका उनी पिसाब फेर्न भनी निस्केयता बेपत्ता थिए । उनको शव सेतीमादी नदीको बीचमा शनिबार बिहान भेटिएको थियो ।


‘परिवारको जिम्मा नै लगाइएन’
‘हामीलाई भोलिपल्ट भेट्न जाँदा गैसक्यो भनियो,’ उनका दाई बमबहादुरले भने,‘पछि साँझ रिहा गरेको भनियो । परिवारको जिम्मा नै नलगाई कसरी रिहा हुन्छ ।’


उनले घटनाको निष्पक्ष छानविन हुनुपर्ने आफूहरुको माग रहेको बताए । ‘घटनाको छानविन नहुँदासम्म हामीलाई के भएको थाहा हुने अवस्था छैन,’ उनले भने । उनले आफन्तलाई प्रहरीले बुझाई नसक्दै भाई हराएको दाबी गरे ।


पहिल्यै रिहा भैसकेका थिएः प्रहरी
प्रहरी उपरीक्षक अरुण पौडेल भने प्रशासन कार्यालयमा लगेर बुझाए पछि प्रशासनकै आदेशमा रिहा भएको बताउँछन् । ‘उनी रिहा भैसकेका हुन् तर झोला र सामान भएकाले लिन कार्यालय आएका थिए,’उनले भने ।


एसपी पौडेलले सामान्यतः प्रशासनबाटै रिहा भएर जाने भए पनि थापाको सामान कार्यालयमै रहेकाले लिन आएको बताए । ‘तर उनी हराए पछि खोज्ने र आफन्तलाई खबर गर्ने काम भने हामीले गरेका थियौं,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी