विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण

  • ख-
  • ख+

विराटनगर–१४ स्थित विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरिएको  छ ।

सामाजिक विकास मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा क्याम्पसका अध्यक्ष भूराज राईले करिब ४० करोड रुपैयाँबराबरको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्राचार्य डा. सुभाषश्री पोखरेललाई हस्तान्तरण गरेका हुन् । स्वामित्व ग्रहण गर्दै विश्वविद्यालयका प्राचार्य डा. पोखरेलले विराट क्याम्पसको उचाइलाई कायम राख्ने गरी काम गरिने प्रतिवद्धता जनाए ।

सम्पत्ति र दायित्व हस्तान्तरण कार्यक्रममा सामाजिक विकासमन्त्री तथा विश्वविद्यालयका सहकुलपति जीवन घिमिरेले विराट क्याम्पसको भावनामा चोट नपुग्ने गरी विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताए ।

उनले विराट क्याम्पस विश्वविद्यालयको सबैभन्दा ठूलो दाता भएको बताए । मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न १ देखि डेढ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप प्रशिक्षण केन्द्र सुरु गर्ने मन्त्री घिमिरेले बताए ।

सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालयअन्तर्गतका तालिम विराट क्याम्पसको भवनबाट सुरु गरिने मन्त्री घिमिरेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी