कोरोना संक्रमित नर्स भन्छिन् : “मैले हारेको छैन झन म मा मनोबल दह्रो भएको छ”

  • ख-
  • ख+

भरतपुर सेन्ट्रल अस्पताल भरतपुरमा विगत साढे दुई वर्षदेखि काम गर्दै आएकी सिम्रन तिवारीलाई कोरोना संक्रमण भएको छ । संक्रमण तीब्र गतिमा फैलिरहेको समयमा सेवानै धर्म हो भनेर निरन्तर आफ्नो कर्तव्य बोध गर्दै सेवा गर्दै आएकी सिम्रनले आफैले फेसबुकमा लामो स्टाटस लेखेर मनै छुने खालको भावना ब्यक्त गरेकी छिन् । हामीले तपाईहरुलाई उहाँको फेसबुक स्टाटस जस्ताको तस्तै प्रस्तुत गरेका छौं,

म एक नर्स म आफ्नो पेशामा गर्व गर्छु।मलाइ थाहा छ कि म केवल सर्टिफिकेटका लागि मात्र पढेको होइन जस्तो सुकै अवस्थामा पनि बिरामीको सेवा गर्न सकुँ र गर्छु भनेर नर्स पेशा अंगालेको हु। आफ्ना ब्यक्तिगत कुराहरुलाई त्यागेर निरन्तर रुपमा बिरामीको सेवामा लागिरहेको पनि केही बर्ष भैसकेछ । काम गर्दै गर्दा यो अवस्था आउछ होला भन्ने सोचेका थिएनौ ।तर एक्कासि संसारलाइ नै तर्साउने गरि कोरोना भाइरस फैलियो। कैयौ देशहरुमा हजारौ नागरिकको ज्यान गयो। बिस्तारै अवस्था जटिल बन्दै गयो। बिस्तारै संक्रमितहरु नेपालमा पनि देखिन थाल्यो।

तर कहिल्यै हतोत्साहित नभै निरन्तर आफ्नो कर्ममा लागिरहे मैले सोचेकी म एकजना नर्सले गार्हो हुने भयो म संक्रमित हुन्छु कि भनेर आफ्नो काम छोड्ने हो भने हालत के होला। भन्ने सोचेर अग्रजहरुको सल्लाह सुझाबलाई ग्रहण गर्दै काममा लागिरहे! घरमा बुवा आमा भाइ बहिनिलाइ आफैले सम्झाए म मा मात्र सिमित छैन बाबा ममी मैले समाजका लागि काम गर्नु पर्छ म यतिखेर घरमा काम नगरि बस्ने हो भने मैले नर्स पेसा अगालेको अर्थ हुदैन न आतिनु म सुरक्षित भएर बिरामीको सेवा गर्नेछु भनेर घर परिवारलाइ सम्झाउदै आफ्नो कर्ममा लागिरहे ।

कैयौ रात बाबा ममि निदाउनुभएको छैन कतै छोरी संक्रमित त हुने होइन भनेर भोलि समाजले के भन्ला छि छि र दुर गर्ला भन्ने चिन्तामा परिवार हुनुहुन्थ्यो । केहि दिन अगाडी अस्पतालमा उपचार गरिरहनुभएका बिरामीमा कोरोना पोजेटिभ भयो रे भन्ने सुने उहाँहरुलाइ सधै हामीले रेखदेख गरिरहेका हुन्थियौ। एक्कासि त्यस्तो सुनेपछि एकछिन त अनेक कुरा सोच्न पुगेछु ।पछि आफुलाइ सम्हाले त्यसपछि हामीलाइ छुटै ठाउँमा राखियो ।त्यसको पर्सिपल्ट म लगायत केही साथिहरुको कोरोना परिक्षणको लागि का लागि स्वाब लगियो नभन्दै हाम्रो रिपोर्ट पनि नसोचेको आयो।

एकछिन तनाबमा रहेँ कसरी घरमा भन्ने होला अब के हुने हो भन्ने भयो। म आफुलाई सम्हाँले आज कमजोर महसुस गरे पनि मेरो परिवारलाई चिन्ता हुन्छ्। समाजलाइ चिन्ता पर्छ मैले मनोबल दरो बनाउनुपर्छ भन्ने सोचेर अहिले आफ्नो मनोबल उँचो बनाएर मैले यो रोगलाइ परास्त गर्छु भन्ने आत्म बिश्वास लिएकी छु । आज मलाइ गर्भ छ म आत्तिएकी छैन बिरामिको सेवा गर्दा म कर्म पुरा गर्दा म संक्रमित भएकी हुँ। हामी संक्रमितलाई समाजले हेर्ने नजर राम्रो बनोस्। हामीले रोग रहरले सारेका हैनौं ।आफ्नो जिम्मेवारी पुरा गर्दा आइपरेको हो ।

पहिला नै हामी डराएर बिरामीको सेवा नगरेको भए बिरामीको अवस्था के हुन्थ्यो । सबैको सोच सकारात्मक बनोस्। संक्रमित नर्स डाक्टर सुरक्षाकर्मी लगायत आम नागरिकलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हाम्रो स्वास्थ्य लाभको कामना गर्नुहुने हाम्रो केयर गर्नुहुने अस्पताल प्रशासन , डाक्टर , नर्स, परिवार, साथिभाइ, आफन्तजन, समाजका सबै नागरिकहरु प्रति अस्पतालको बेडबाट धन्यवाद ब्यक्त गर्दछु। सन्चो भएपछि उहि मनोबलका साथ हजारौं बिरामिको सेवा गर्नेछु। मलाइ नर्स हुनुमा गर्व छ ।बाबा मामु न आत्तिनु हजुरको छोरी उच्च मनोबलले रोगलाइ परास्त गरेर कर्ममा फर्किन्छे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्