टेकबहादुर भन्छन्,‘अब बाँच्छुकी ?’ (भिडियोसहित)

  • ख-
  • ख+

उनको अवस्थाबारे थाहा पाए पछि विदेशमा रहेका नेपालीले सघाउने क्रम बढेको छ
दमौलीः दुवै मृगौला फेल भए पनि आर्थिक अभावमा उपचारमा समस्या भोगेका व्यास ५ साँगे निवासी टेकबहादुर आलेको उपचारका लागि पछिल्लो समय विदेशमा रहेका तनहुँवासीले सहयोग गर्ने क्रम बढेको छ ।

पूर्व भारतीय सैनिक भए पनि उपचारमा ठूलो धनराशी गुमाएका आलेकी पत्नी मृटुकी रोगी छन् ।
उनको अवस्थाबारे समाचार आउन थाले पछि सहयोग संकलनको क्रम बढेको हाल युएईमा रहेका आफन्त नविन पुलामीले बताए । ‘समाचार आए पछि उहाँलाई सघाउने बढेका छन्,’ पुलामीले भने,‘सहयोग गर्नेप्रति हार्दिक आभार ।’

पुलामीसहित हाल वैदेशिक रोजगारीकै क्रममा रहेका सन्तोष रानाले हाल उनको उपचारमा आर्थिक संकलनको समन्वय गरिरहेका छन् । ‘विदेशमा रहेका साथीहरुले त्यहाँ भएका आफन्तमार्फत सहयोग पठाइरहनुभएको छ,’ उनले भने ।

ठाउँ ठाउँबाट सहयोग दिने बढेपछि टेकबहादुरले आफू बाँच्ने आशा बोकेका छन् । ‘धेरै खर्च भएर अब सक्दिन कि जस्तो लागेको थियो,’ उनले भने,‘अब त बाँच्छु कि ?’

हालै मात्र व्यास ५ निबुवाखोलाका दयाराम ओझाले २०,१६४, विकास र अमृतबाट १६,६६०
शालिक शाही, रानिटारीका बिष्णुलाल श्रेष्ठबाट १८,४७८, बरबोटेका पुष्पराज ओझाबाट १०,००५ तथा म्याग्दे ७ हर्कपुरका शिव सारुबाट २५,००० संकलन भएको छ । सहयोगको प्रतिवद्धता आउने क्रम बढेको राना बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी