नेकपा एमालेको निति विचार र सिद्धान्त नै देश विकासको खाँका हो: सर्वेन्द्र खनाल

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेकपा एमालेको तर्फवाट प्रतिनिधीसभा सदस्य तनहुँ क्षेत्र नं १का उम्मेदवार सर्वेन्द्र खनालले आफनो अनुभव नै आफनो जीतको आधार भएको वताएका छन् ।

तनहुँको दमौलीमा आयोजित बुधबार चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले प्रहरी सेवामा रहेर आफुले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेको र आफ्नो अनुभव नै आफ्नो जितको आधार भएको उनको भनाई थियो ।

प्रहरी सेवामा रहदाँ देशमा भएको विकृति र विसंगतिको वारेमा जानकार रहेको हुदा जनताको मुद्धा संसदमा उठाउन आफुले उम्मेदवारी दिएको वताए । निर्वाचित भएर संसदमा आवाज उठाउने क्षमता म मा छ खनालले भने देशमा संभावना भएको पर्यटन, शिक्षा, रोजगारीको विषयमा सरकार संवेदनशील हुन सकेमा विकासले गति लिने समेत उनको दावी थियो।

एमालेको विचार वरिपरि देश घुमिरहेको वताउदै त्यसको सहि परिचालन गर्न सकिएमा जीत निश्चित भएको पनि उनको भनाई थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी