सेनाको हवाइ आक्रमणमा परि म्यानमारमा ५३ जनाको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

म्यानमारको सेनाले गरेको हवाइ आक्रमणमा कम्तीमा ५३ जनाको ज्यान गएको छ । म्यानमारमा लोकतन्त्र स्थापनाका लागि भइरहेको जनआन्दोलन दवाउन सैनिक शासकले गरेको यो पछिल्लो सबैभन्दा अमानवीय आक्रमण हो ।

आक्रमणमा कयौं घाइते भएका छन् । मृत्यु हुनेमा १५ जना महिला र केही केटाकेटीसमेत रहेका छन् । उत्तर-पश्चिम सागाइन क्षेत्रमा सैनिक शासन विरुद्द चलिरहेको आन्दोलन दबाउन यो आक्रमण भएको बीबीसीले जनाएको छ ।

सन् २०२१को फेब्रवरीमा म्यानमारको सेनाले निर्वाचित सरकारलाई अपदस्त गरी सैनिक कू गरेपछि म्यानमारमा निरन्तर जनताको सरकार स्थापनका लागि आन्दोलन भइरहेको छ ।

सागाइन प्रान्तमा स्थानीयले आफ्नै लडाकू जत्था निर्माण गरेर सैनिक शासनको विरोध गरेपछि सेनाको आक्रमणको निशाना यो क्षेत्र परेको हुनसक्ने संचारमाध्यमहरुले जनाएका छन् ।

सेनाले गरेको हवाइ आक्रमणको त्यहाँका स्थानीयले सामाजिक सञ्जालबाट भिडियो अपलोड गरेपछि देशभर स्थिति असमान्य बन्दै गएको समाचारमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्