तेस्रो शुक्लागण्डकी महोत्सव सुरु, भोलि राष्ट्रिय कलाकार देखि स्थानियको प्रस्तुती रहने

दमौली न्युज
  • ख-
  • ख+

बेलचौतराः आर्थिक सामाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नारा सहित आज बाट तेस्रो शुक्लागण्डकी महोत्सव सुरु भएको छ । शुक्लागण्डकी–५, बेलचौतरा स्थित भानुभक्त बहुमुखी क्याम्पसको खुला चौरमा हुने तेस्रो शुक्लागण्डकी महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारीले गरेका थिए ।

तेस्रो शुक्लागण्डकी महोत्सवमा कृषि र घरेलु उद्योगलाई निशुल्क रुपमा स्टलको व्यवस्था मिलाइएको स्टल व्यवस्थापन उपसमिति संयोजक गंगाराम श्रेष्ठ ले जानकारी गराए ।

विगतका दिनहरु जस्तै यस पटक पनि महोत्सवमा पहिलो दिन नै दर्शकहरुको उत्साहजनक रुपमा सहभागिता रहेको महोत्सवका प्रवक्ता एवं शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र तिमिल्सिनाले बताए । उनले महोत्सवमा कृषि र घरेलुका स्टलहरु विशेष आकर्षणको रुपमा रहने पनि जानकारी दिए ।

महोत्सव नाफाको उद्धेश्यले मात्र आयोजना नगरिएको हुनाले पनि हरिबहादुर थापाले महोत्सव अवलोकन गरि सहयोग गरि दिनका लागि दर्शकलाई आग्रह गरेका छन् । उनले यो सवैको पर्व भएको हुनाले पनि मिलेर सफल पार्नु पर्ने बताए ।

भोलि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती

तेस्रो शुक्लागण्डकी महोत्सवको दोस्रो दिन राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने कलाकार संयोजकले जानकारी गराए । वसन्त विश्वकर्मा , जानकी मगर,पुर्खे बा र अनुराग थापा को प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी