अमृत आधारभुत बिद्यालयका बिद्यार्थीलाई पुर्व विद्यार्थीकाे सहयोग

दमौली न्युज
  • ख-
  • ख+

२४, चैत, दमौली ।
तनहुँकाे व्यास नगरपालिका वडा नं ६ मा रहेको अमृत अाधारभुत बिद्यालयका बिद्यार्थीहरू लाई पुर्व विद्यार्थीहरूले सहयोग गरेका छन् । विद्यालयकाे ६४ औं बार्सिकाेत्सवकाे अवसर पारेर बिद्यालयमा अध्यनरत २७ जना बिद्यार्थीलाई सहयोग गरेको सहयोगी दिपा श्रेष्ठले बताइन् । पुर्व विद्यार्थीहरू सुर्य कुमार श्रेष्ठ र सुमन श्रेष्ठले बिद्यार्थीकाे पाेसाक र लाइब्रेरीकाे लागि पुस्तक गरि करिब ८० हजार बराबरको सहयोग गरेको श्रेष्ठले बताइन् ।

पुर्व विद्यार्थीहरूले ट्र्याकसुट , जकेट , टिसर्ट र कापीकलम बितरण गरेकाे सहयोगी सुरज कुमार श्रेष्ठले बताए । सामाजिक उत्तरदायित्वकाे भावना अनुसार अाँफुहरू कखरा सिकेको जानेको ठाउँमा केही सहयोग गरेकाे श्रेष्ठकाे भनाइ थियो । पुर्व विद्यार्थीकाे सहयोग प्रति बिद्यालयका प्र अ रवि चन्द्र वाग्लेले धन्यवाद दिँदै अागामि दिनमा पनि सहयोगकाे अपेक्षा गरे । यश अगाडि बार्सिकाेत्सव कार्यक्रमकाे प्रमुख अतिथि ब्यास ६ का वडा अध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता कुमार गुरूङले सुभारम्भ गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी