फलामको रड प्रहारबाट आलेको मृत्यु

  • ख-
  • ख+

दुलेगौडा : तनहु्ँमा आज फलामको रड प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ दुलेगौडा वस्ने २४ वर्षका विरम आले रहेका छन् ।

रिमाल अटो केयरमा संगै काम गर्ने नविन कुमार चौधरीले एक्कासी पछाडीबाट आई रडले टाउको भागमा हिकाई घाईते बनाएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार घाईते आलेको उपचारको लागी मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको थियो ।

आलेको उपचारको क्रममा आजै मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । घटनामा संलग्न रहेका नबिन कुमार चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेका पनि उनले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी