ब्राह्मण समाज म्याग्दे १ को अध्यक्षमा नरनाथ

  • ख-
  • ख+

म्याग्देः ब्राह्मण समाज नेपाल म्याग्दे १ गुणादीको अध्यक्षमा नरनाथ खनाल चयन भएका छन् ।
गुणादीमा भएको वडाको दोश्रो अधिवेशनले खनालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हिमा खनाल, सचिवमा कृष्णराज खनाल, कोषाध्यक्षमा देवा माया खनाल, सहसचिव पुण्यवती पौडेल छन् ।

यस्तै, सदस्यहरूमा शिवदत्त खनाल, सरस्वती खनाल, जमुना खनाल, मिना खनाल, इन्द्रराज खनाल, चिरञ्जीवी खनाल, सागर खनाल र शुनिलशरण वाग्ले रहेका छन् ।
यस्तै समाजले गाउँपालिका प्रतिनिधिको रूपमा ५ जनालाई चुनेको छ । जसमा विकास खनाल, विनोददत्त खनाल, मणिभद्र वाग्ले, शिवशरण वाग्ले र हरिनाथ खनाल छन् ।


यस्तै समितिका सल्लाहकारहरूमा पुष्पराज खनाल, दधिराज खनाल, मञ्जु अधिकारी वाग्ले, पुर्णचन्द्र खनाल, विकासराज खनाल, रामहरि खनाल र बामदेव खनाल छन् ।

कार्यक्रमको कार्यक्रमका प्रमुख अतिथि ब्राह्मण समाज नेपालका केन्द्रीय सदस्य डा. लक्ष्मीकान्त चापागाईंले ब्यानर पढेर उद्घाटन गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य उपेन्द्र लम्साल , जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डे , जिल्ला सल्लाहकार प्रियनाथ पौडेल, वडा अध्यक्ष मणिभद्र वाग्ले, निवर्तमान वडा अध्यक्ष शिवशरण वाग्ले, बिन्दु शर्मा खनाल, भवानीशंकर खनाल, कृष्णराज खनाल, पुष्पराज खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी