दमौलीः ग्रामीण विकास लघुवित्त वित्तीय सस्था गण्डकी प्रदेश कार्यालयको सहयोगमा सोही कार्यलय भोटेओडार शाखाले राईनास नगरपालिका ८मा रहेको सर्वाेदय सेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेको छ ।
सामाजिक उत्तरदायित्वको भावना अनुसार आश्रमलाई खाद्यान्न तथा फलफूल वितरण गरिएको ग्रामीण विकास राइनाश शाखा प्रवन्धक उदयनाथ अधिकारीले बताए ।
सहयोग कार्यक्रममा राईनास नगरपालिका प्रमुख खड्कबहादुर गुरुङ तथा गण्डकी प्रदेश प्रमुख गोपाल अधिकारी, छिमेकी शाखाका सोही लघुवित्तका निमित्त अधिकृत, सहायक अधिकृत, आश्रमका संस्थापक अध्यक्ष, वर्तमान अध्यक्ष, राईनास ८ का अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।