पौडेलसँग भानु मार्ग र समिरि खानेपानी माग

  • ख-
  • ख+

दमौलीः तनहुँको भानु नगरपालिका वडा नँ १३ का युवाहरूले गाउँमा खानेपानी र बाटो सुधारको लागि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समक्ष ज्ञापनपत्र बुझाएका छन् ।


नेता पौडेल काङ्ग्रेस कार्यकर्ता भेटघाट तथा विकास निर्माणका विषयमा बुझ्दै गाउँ डुलेका बेला उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका पौडेलकै पालामा लगभग ३० वर्ष अघि चन्द्रावतीदेखि माथि भानुमार्ग विस्तार शुरु भई कच्ची सडकले गाउँहरू जोड्ने कार्य भएको तर ३ दशकसम्म अवस्थामा सुधार नआएको भन्दै स्थानीयको चर्को गुनासोसहित ज्ञापनपत्र बुझाइएको स्थानीय अगुवा युवा कृष्ण गुरूङले बताए ।

ज्ञापनपत्रमा ११ गाउँका वासिन्दाहरूको हस्ताक्षर गरी बुझाइएको गुरूङले बताए । उनीहरुले गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री डोबाटे विक, गण्डकी प्रदेशकी सांसद सरिता गुरुङ, भानु नपा प्रमुख आनन्दराज त्रिपाठी, भानु नपा वडा नं. १३ का अध्यक्ष कृष्णबहादुर अधिकारीलाई बोधार्थ समेत बुझाएका छन् ।

पौडेल केही दिनदेखि जिल्लाको कलेस्ती, छाप थोक, टुटेपानी, बयापानी, राईली भञ्ज्याङ हुँदै रतन्पुर सम्मको कार्यक्रम लिएर गाउँ दौडाहामा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी