व्यास भूमिहिन विवाद : ‘लालपूर्जा होइन अव्यवस्थित निवेदन दिएको प्रमाण बाँडिएको हो’

  • ख-
  • ख+

दमौली : व्यास २ ले मंगलबार भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । खासगरी दमौलीका धनाढ्यका रुपमा चिनिएका व्यक्तिहरुले समेत जग्गा लिन लागेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ । धनीमानी र प्रशस्त सम्पत्ति भएकाले नै सुकुम्बासीका नाममा जग्गा हडप्न खोजेको भन्दै चर्को आलोचना भैरहेको छ ।


तर, राष्ट्रिय भूमि आयोगका सदस्य श्रीराम कार्कीले भने हाल बाहिर आएको जस्तो गरी लालपूर्जा वितरण वा वितरणको आधार तयार भने नभएको जिकिर गरेका छन् । सामाजिक सञ्जालमा आएको जस्तो लालपूर्जा वितरण नभएको भन्दै उनले निवेदन दर्ताको प्रमाण मात्र पाएको दावी गरे ।

‘वडामा आफ्नो जग्गा अव्यवस्थित भएको भनी निवेदन परेकाले उहाँहरुले त्यसको प्रमाण पाएको हुन सक्छ,’ उनले भने, ‘आयोगबाट प्राविधिक खटिएर सबै नियम पूरा गरे पछि मात्र लालपूर्जा वितरण हुने हो ।’

उनले भूमिहिन र शुकुम्बासीसँगै अव्यवस्थित बसोबासीको समस्या समेत समाधानका लागि आयोग गठन भएकाले व्यास नगरपालिकामा तत्कालीन जिल्ला पञ्चायतको पालादेखि नै बनेका संरचनाहरु अव्यवस्थित रहेकाले उनीहरुबाट आएको निवेदनको प्रमाण वडाले दिएको बताए ।
‘वडाले निस्सा दियो भन्दैमा लालपूर्जा नै मिल्छ भन्ने पनि होइन ,’ उनले भने ।
व्यास नगर क्षेत्रको बस्ती विकासका समयमा आफूले चर्चेको जग्गाको करिब ४० प्रतिशत भूभाग छाड्नुपर्ने नियम भए पछि त्यस्ता भूभागमा समेत संरचना बनाइएकाले धेरै जसो घरको पछाडिका भागका संरचना अव्यवस्थित बसोबासीका रुपमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी