व्यास नगरपालिका द्वारा कृषकलाई प्रविधि हस्तान्तरण

  • ख-
  • ख+

व्यास नगरपालिकाले स्थानिय उद्यमि तथा कृषकहरुलाई लघु उद्यम सहयोग कार्यक्रम (मेड्पा) मार्फत विभिन्न प्रविधि हस्तान्तरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बिच व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले चाउमिन मेसिन/मिक्चर , दुना टपरि मेसिन , हाते ट्याक्टर , कुखुरा अटो ड्रिकर, सिलाई मेसिन , चापकटर लगायतका सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नगरपालिका उपप्रमुख इन्दिरा दरै , प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल लगायतको उपस्थिति रहेको थियो ।

व्यास नगरपालिकाकाे ८० प्रतिशत अनुदान र समुहको २० प्रतिशत लागत साझेदारीमा प्रविधि हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी