गण्डकी बजेटः विवाद मिल्यो, सांसदलाई दिने बजेटमा सहमति

  • ख-
  • ख+

दमौलीःगण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेटका विषयमा देखिएको विवाद किनारा लागेको छ । यससँगै अब बजेट बहुमतले पारित हुने देखिएको छ ।

यस अघि मन्त्रिपरिषदले पारित गरेकोभन्दा फरक तरिकाले बजेट आएको भन्दै सत्तारुढ सांसद नै विपक्षमा उत्रिएका थिए । त्यसबीचमा सार्वजनिक रातो किताबमा सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने ७२ करोड रुपैयाँ नभेटिए पछि दन्किएको आगोमा घ्यु थपिएको थियो ।

अर्थमन्त्री रामजी बराललाई बर्खास्त गर्नेसम्मको हल्ला चलिरहेका बेला काठमाडौं गएका मुख्यमन्त्रीलाई शीर्ष नेतृत्वले विवाद त्यहीं टुंग्याउन सुझाव दिए पछि विवाद मिलाइएको मुख्यमन्त्री कार्यालयले बताएको छ ।

नीति तथा कार्यक्रममा समेटिएक अरु कतिपय योजना पनि अर्थमन्त्रीले तजबिजी शैलीमा हटाएको भन्दै आलोचना भएकामा ती विषय पनि बजेटमा समेट्न अर्थमन्त्री सहमत भए पछि अब प्रदेश सभाको बैठकमा बजेटमाथि सोमबार दिउँसो १ बजेबाट छलफल हुनेछ ।

सत्तारुढ दलबीच सहमति भएकाले बजेटको छलफल सकिएपछि अब बजेट पारित हुने करिब निश्चित देखिएको छ । यससँगै प्रदेशको बजेटमा देखिएको अन्यौल र अर्थमन्त्री अनि अरु मन्त्रीबीचको स्वार्थको लडाईं सकिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी