डाँफे सहकारीको १० दिने झाेला सिलाइ तालिम

  • ख-
  • ख+

दमौली: डाँफे बचत तथा ऋण सहकारी संस्था लि. को १० दिने वातावरणमैत्री झाेला सिलाइ तालिम सम्पन्न भएको छ ।

व्यास नगरपालिकाकाे आर्थिक सहयोगमा सञ्चालन भएको नि:शुल्क तालिममा ३५ जना महिलाको सहभागीता रहेको सहकारीका निवर्तमान अध्यक्ष प्रेमबहादुर रावतले बताए ।


तालिम समापन कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका सदस्य अर्जुनबहादुर अधिकारीले सहभागीले तालिममा सिकेका ज्ञान सीपलाई व्यवसायमा परिवर्तन गर्न सक्नुपर्ने बताए ।


सिकेका सीपलाई जबसम्म व्यवहारिकतामा लान सकिँदैन तबसम्म तालिमको सार्थकता नहुने अधिकारीकाे भनाइ थियो ।


सहकारीका अध्यक्ष सुरेन्द्र अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रममा मन्जु थापा , हरि कार्की , कमला विष्ट , सृजना केसी , शन्कर अधिकारी लगायतले बाेलेका थिए । वक्ताहरूले तालिममा सिकेको सीप व्यवहारमा उतार्नुपर्ने बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी