व्यासमा न्यौपानेको कठिन जितका यी हुन् सन्देश

  • ख-
  • ख+

दमौलीः सहरी तथा आसपासका क्षेत्रको मतगणनामा लगातार लिड गरेका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीको निरन्तरको अग्रतालाई विराम दिंदै व्यास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठनाथ न्यौपाने पुनः दोश्रो पटक विजयी भएका छन् ।


यस अघि पनि प्रमुखका रुपमा कार्यकाल चलाइसकेका उनले यस अघि झण्डै चार हजारको फरकले जित प्राप्त गरेका थिए । तर, यसपाली पार्टीले दुई वटा एमालेलाई बुझाउँदा न्यौपानेको जितअन्तर पनि निकै घट्यो ।

कांग्रेसकै पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज एमालेको समर्थन र पिताको जनबल अनि आफ्नो लोकप्रियताका आधारमा चुनाव लडेका थिए । सहर र आसपासका क्षेत्रमा निरन्तर मत पाए पनि उम्मेदवार नभएको सूर्यमा ६ सय बढी मत जानु अनि आफ्नो कोर एरियाको धेरै मत बदर हुनुले दीपक जित पाउन भने असफल रहे ।

आफ्नै पार्टीका नेताहरुको दह्रो साथ नपाए पनि चुनाव जितले न्यौपानेलाई हौस्याए पनि पहिलेको तुलनामा खस्केको लोकप्रियताले भने पार्टीभित्रका असन्तुष्टको मन जित्न उनले आगामी राजनीतिक यात्रामा धेरै पापड बेल्नुपर्ने सन्देश दिएको छ ।

उता, राम्रो समर्थन पाए पनि जित प्राप्त गर्न नसकेका जोशीलाई यस चुनावले निरन्तर आफूलाई मतदान गर्नेको पक्षमा लाग्न र थप मेहनत गर्न सन्देश पनि सँगै दिएको छ । अनि विजेता न्यौपानेका लागि आफ्नो कार्यशैलीमा परिवर्तन गरेर आफ्नो पार्टीको गुमेको मत र सम्मान फर्काउन पापड बेल्नुपर्ने देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी