तनहुँमा टाइफाइड विरूद्धको खोप अभियान चैत २५ देखि बैशाख ३ सम्म

  • ख-
  • ख+

दमौलीः तनहुँमा टाइफाइड विरूद्धको खोप अभियान यहि चैत २५ गतेदेखि वैशाख ३ गतेसम्म हुने भएको छ । अभियानका बारेमा पत्रकार सम्मेलनमार्फत जिल्ला स्वास्थ्य कार्यलय तनहुँका प्रमुख शंकर बाबू अधिकारीले उक्त जानकारी गराएका हुन् ।

‘जिल्लाका ८१ हजार भन्दा बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने तयारी गरिएको छ,’ अधिकारीले भने ।

दश स्थानीय तह रहेको तनहुँमा ४६९ वटा खोप केन्द्र निर्धारण गरेर एकैसाथ १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउने तयारी गरिएको हो ।
स्थानीय तहले पठाएको तथ्याङ्क अनुसार जिल्लामा ८१ हजार ३७४ जना बालबालिकालाई उक्त खोप लगाइने भएको छ ।

जिल्लाको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा चैत २५ गतेदेखि चैत २८ गतेसम्म खोप अभियान संचालन हुनेछ ।

यस्तै शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र भानु नगरपालिकामा चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म सो खोप अभियान हुने स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

टाइफाइड रोगको सङ्क्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको नीतिअनुसार जिल्लाका दशवटै स्थानीय तहमा एकैसाथ खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको बताइएको छ ।

अधिकारीका अनुसार अभियानका लागि तीन सय ३६ कर्मचारीलाई अभिमुखिकरण गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी