कम्युनिष्टले कुरा मात्र गरे कांग्रेसले काम गर्छ : भट्टराई

  • ख-
  • ख+

आँबुखैरेनी: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कम्युनिष्ट सरकारले काम गर्नुको साटो कुरा मात्र गरेको भन्दै कांग्रेसले काम गर्ने र त्यो थालिसकेको बताएका छन् ।

तनहुँको आँबुखैरेनी ५ घुमाउनेमा पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीत पार्टी कार्यालयको उद्घाटन गर्दै उनले देशको विकास विगतमा पनि कांग्रेसले नै गरेको भन्दै अब बिचमा रोकिएको विकासले गति पाउने दावी गरे ।

उनले एमसीसी सहायता विकासकै लागि भएको भन्दै बिजुली बेचेर धनी बन्नका लागि श्रोत चाहिएको र एमसीसीले त्यसका लागि अनुदान दिएकाले लिएको बताए । हामीसँग पर्याप्त पैसा छैन, ऋण लिनुभन्दा सहयोग लिनु फाइदाजनक छ, उनले भने, सक्षम नहुँदासम्म विदेशी सहयोग चाहिन्छ ।

भट्टराईले कांग्रेसकै पालामा तनहुँको विकट भेग जोड्ने बुद्धसिं मार्ग निर्माण भएको भन्दै अब पुल बन्ने काम पनि शुरु भएको भन्दै यस सडकलाई कालोपत्रे समेत कांग्रेसले गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा पार्टी गाउँ सभापति विष्णु पन्थ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, चिजा श्रेष्ठ, वडा सदस्य जीतमान गुरुङलगायतले बोलेका थिए ।

देवघाटमा आयोजित पार्टीको गाउँ भेलामा बोल्दै उनले भूमिहिनको समस्या समाधान विगतमा पनि कांग्रेसले गरेको भन्दै अहिले गठित आयोगले समस्यामा परेका भूमिहिनलाई जग्गा दिने बताए । उनले देवघाटको अव्यवस्थित बसोबासी र भूमिविहिनिको लालपूर्जा दिन कांग्रेस तयार रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी