आठौं तनहुँ महोत्सवः प्रधानमन्त्रीसहित ‘हाई प्रोफाइल’ उद्घाटन, आयोजक हौसिए

  • ख-
  • ख+

दमौलीः कोभिड संकटका कारण लामो समय ठप्पप्रायः गतिविधिपछि बिहीबार तनहुँ उद्योग वाणिज्य संघले कोभिडयताकै भव्य कार्यक्रम गर्यो ।

लामो समय रोकिएपछिको कार्यक्रम भएकाले बाक्लो उपस्थितीले आठौं तनहुँ महोत्सवको उद्घाटन भव्य त भयो नै उसमाथि प्रधानमन्त्री, संघीय मन्त्री, मुख्यमन्त्री अनि हाई प्रोफाइल राजनीतिज्ञको उपस्थितीले महोत्सवको इतिहासमै हाईप्रोफाइल कार्यक्रम गर्न तनहुँ महोत्सव आयोजक सफल भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका अलावा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका अलावा कांग्रेसका केन्द्रीय नेताहरु सबै एकै मञ्चमा देखिंदा कार्यक्रमले ओज पाएको धेरैले महसुस गरे ।
कार्यक्रम हुने तय भएसँगै गरिएको निम्तो प्रधानमन्त्रीले सहर्ष स्वीकार गरेपछि हौसिएको आयोजक कार्यक्रमको भव्य उद्घाटनले झनै हौसिएको महोत्सवको आयोजक तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए ।

महोत्सवका प्रवक्ता इमकुमार मल्लले उद्घाटनको दिन बाक्लो सहभागीताबाट आयोजक आशावादी भएको भन्दै महोत्सव अवधिभर पनि दर्शकको उत्साह रहने अपेक्षा गरे ।
११ दिन चल्ने महोत्सवका क्रममा चर्चित राष्ट्रियस्तरका कालाकारबाट मनोरञ्जनात्मक कार्यक्रम, रमाइलो मेलासँगै खाद्य तथा कपडाका स्टलहरुले दर्शकलाई साथ दिने संघका महासचिव सुबोध अधिकारीले बताए ।

महोत्सवका कलाकार संयोजक कुमार मल्लले लामो समयपछि भएको महोत्सवमा चर्चित कलाकारका कारण दर्शकको साथ भरपुर हुने अपेक्षा गरिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी