एनआरएनए महाधिवेशनः घलेले डाके तयारी छलफल

  • ख-
  • ख+

काठमाडौंः एनआरएनएको १० औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रमुख संरक्षक शेष घलेले तयारीलाई तीव्रता दिएका छन् । महाधिवेशनको तयारीका लागि राजधानीमै रहेका उनले निर्वाचन तयारी समिति संयोजक सोनाम लामाको निवासमा बोलाएको भेलामा एनआरएनए पदाधिकारी तथा आकांक्षीहरु र विभिन्न देशबाट आएका अभियान्ता सहभागी थिए ।


वर्तमान नेतृत्वले एकपक्षीय ढंगबाट निर्वाचन कार्यक्रम अघि बढाएपछि विभाजनको संघारमा पुगेको भन्दै घलेले हस्तक्षेप गरी लामाको संयोजकत्वमा चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा भौतिक उपस्थितीमा हुने महाधिवेशनका लागि समिति बनाएका थिए ।

सोही समितिमार्फत भएको तयारीका गतिविधिबारे जानकारी लिन उनले भेला डाकेका हुन् ।
भेलामा एनआरएनए पदाधिकारीहरुका अलावा अध्यक्षका आकांक्षी कुल आचार्य, महासचिव आकांक्षी डा. केशव पौडेललगायत सहभागी थिए ।

भेलामा प्रमुख संरक्षक घलेले तोकिएकै समयमा राजधानीमा निर्वाचन हुने भन्दै सहभागीता र आवश्यक तयारीका लागि निर्देशन दिएको डा. पौडेलले जानकारी दिए । उनले सबै पक्षलाई सहभागीताका लागि आग्रह गरेका थिए ।

महाधिवेशनको मिति नजिकिएसँगै राजधानीमा एनआरएनए अगुवाहरु भित्रने क्रम जारी छ । हाल एनआरएनए अध्यक्ष कुमार पन्त तथा पूर्व अध्यक्ष जीवा लामिछानेलगायत पनि राजधानीमै छन् । घलेले सबै पक्षलाई समेट्न अधिकतम प्रयास जारी राखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी