महर्षि टोलमा कांग्रेसको समिति

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसले व्यास ३ को महर्षि टोल विकास संस्थामा टोल कार्य समिति गठन गरेको छ । गठित समितिको सभापतिमा सुरेश अधिकारी, उपसभापति कमल कोइराला चयन भएका छन् ।

यसैगरी, सचिवमा अस्मिता पौडेल काफ्ले, कोषाध्यक्षमा बिन्दु श्रेष्ठ चयन भएका छन् । यसैगरी, सदस्यहरुमा शुभलक्ष्मी बतास, नारायण बतास, ऋखुराम थापा, भक्तलाल बतास, सम्भुलाल कायस्थ, सल्लाहकारमा बुद्धिकुमार बतास, सुदीप काफ्ले र पविन्द्रकुमार श्रेष्ठ चयन भएका छन् ।


कार्यक्रममा वडा सभापति अनुप राना, जिल्ला प्रतिनिधि तिलबहादुर थापा, क्षेत्रीय प्रतिनिधि पविन्द्र भट्टराई, वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ, निवर्तमान वडा सभापति बाबुराम बगालेलगायतको उपस्थितीमा भेला सम्पन्न भएको जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी