घर घर जाउँ कांग्रेस जिताउँ अभियान व्यास २ मा

  • ख-
  • ख+

दमौलीः ‘घर घर जाउँ , कांग्रेस जिताउँ’ अभियान अन्तर्गत व्यासनगर पालिका वडा नं २ मा अन्तरक्रिया एवं भेला कार्यक्रम सम्पन्न भएको छ । सो अभियान अन्तर्गत पहिलो चरणमा प्रत्येक वडाका प्रत्येक टोलटोलका जनताका घर घरमा पुग्ने रहेको छ ।

अहिले नेपाल कांग्रेसले टोल समिति गठन अभियान अगाडि बढाएको नेताहरूले बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि काङ्ग्रेस महाधिवेशन प्रतिनिधि खरसिंह दरैले काङ्ग्रेसको बारेमा प्रत्येक घरमा पुगि सचेतना दिनुपर्ने बताए ।
कार्यक्रम संयोजक डम्बरबहादुर अधिकारीले अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइ काङ्ग्रेस बलियो बनाउनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस नेताहरू मिरा जोशी, काशीराम श्रेष्ठ, माधव न्यौपाने, वडा सभापति टुकबहादुर हमालको सभापतित्वमा भएको कार्यक्रम को स्वागत रमेश गिरिले र सञ्चालन कृष्ण सुनारले गरेका थिए । कार्यक्रममा व्यास नगर पालिका वडा नं २ का १७ वटा टोलका सभापतिहरूको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी