ऐनापहरा टाटासुमो दुर्घटनामा ज्यान गुमाउने ३ पुगे, सबै शुक्लागण्डकीका

  • ख-
  • ख+

आँबुखैरेनीः आँबुखैरेनी गाउँपालिका २ ऐनापहरामा यात्रुवाहक बस र टाटा सुमो ठोकिंदा भएको दुर्घटनामा परी ज्यान गुमाउने तीन जना पुगेका छन् ।


आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो विपरित दिशातर्फ गैरहेको ग २ ख ३०७ नम्बरको यात्रुवाहक बससँग ठोकिएर सडकबाट पाँच मिटर तल खस्दा भएको दुर्घटनामा परी ज्यान गुमाउनेमा सुमो चालकसहित यात्रु छन् ।


सुमो चालक तनहुँ शुक्लागणडकी ८ निवासी ३५ वर्षका ओमप्रकास गुरूङ छन् । यसैगरी,
शुक्लागणडकी नगरपालिका ८ निवासी ७३ वर्षका रूद्रबहादुर
सेन तथा सोही ठाउँकी ५० की लक्ष्मीकुमारी शाहीको ज्यान गएको प्रहरीले जनाएको छ ।


टाउकोमा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएकामा उनीहरुको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी