ऐनापहरामा बस र टाटा सुमो ठोकिंदा १३ घाइते

  • ख-
  • ख+

आँबुखैरेनीः आँबुखैरेनी २ ऐनापहारास्थित, पृथ्वी राजमार्गमा यात्रुवाहक बस र टाटा सुमो ठक्कर खाँदा १३ जना घाइते भएका छन् ।

ठक्करपछि टाटासुमो सडकबाट तल खसेको दुर्घटनामा घाइतेमध्ये नौजनालाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

बाँकीको स्थानीय हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी