तनहुँ कांग्रेसको अभियानः ‘घर घर जाऔं, कांग्रेस जिताऔं’

  • ख-
  • ख+

दमौलीः तनहुँ कांग्रेसले स्थानीय चुनावलक्षित गर्दै घर घर जाऔं कांग्रेस जिताऔं अभियानको तयारी गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट आइतबार शुभारम्भ गरेपछि तनहुँमा पनि कार्यक्रम थाल्ने गरी तयारी गरिएको जिल्ला सदस्य डम्बरबहादुर अधिकारीले जानकारी दिए ।


गत शुक्रबार बसेको नेपाली कांग्रेस जिल्ला कार्य समितिको विस्तारित बैठकमा केन्द्रीय सदस्य गोविन्द भट्टराईले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन लक्षित अभियानलाई सफल बनाउन पार्टीका सबै नेता तथा कार्यकर्ता सक्रिय भएर लाग्न आग्रह गरे ।

मुलुकलाई सहि दिशामा लैजाने एकमात्र पार्टी कांग्रेस भन्दै सबै मिलेर कांग्रेसलाई जिताउनुपर्ने उनले बताए । कार्यक्रममा पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि मधु आचार्यले स्थानीय निर्वाचन प्रदेश र संघीय निर्वाचनको आधार स्तम्भ भएको भन्दै कुनै पनि हालतमा यो चुनाव कांग्रेसले जित्नुपर्ने बताएका थिए ।

नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेको सभापतित्वमा भएको बैठकमा जिल्ला कार्य समिति , महासमिति ,महाधिवेशन र अन्य सहभागीहरुले अब चुनावमा पार्टीलाई बलियो पार्न नेतृत्व लाग्नुपर्नेमा जोड दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी