भानुमा तरुण दलको अन्तर्क्रिया: पौडेलले भने, कांग्रेसको उम्मेदवार जिताउनुस्

  • ख-
  • ख+

भन्सार: नेपाल तरुण दल भानु नगर कार्य समितिको आयोजनामा कांग्रेस सङ्गठन सुदृढीकरणमा तरुणहरुको भुमिका,अवसर,चुनौती बिषयक अन्तरक्रिया सम्पन्न भएको छ


पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम पुर्व मन्त्री शङकर भण्डारीको विशिस्ट आतिथ्यतामा भानु -४ मा कार्यक्रम भएको
नेपाल तरुण दल भानुका प्रवक्ता राजेश कार्कीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि पौडेलले राष्ट्रिय राजनीतिमा कम्युनिस्टहरुको अधिनायकवाद अन्त्य नगरे राष्ट्रको स्वाधीनता र विकास पचासौं बर्ष पछि धकेलिने दावी गरे । उनले नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाइ आगामी स्थानिय ,प्रदेश र सङ्घीय निर्वाचनमा अत्याधिक मत प्रदान गरि जिताउन आग्रह गर्दै सङ्गठन बिस्तार र सुदृढीकरणमा तरुणहरुको भुमिका महत्वपूर्ण रहने बताए।
केन्द्रीय सदस्य शङ्कर भण्डारीले कम्युनिस्टहरुले ७४ को निर्वाचन पछि बिगारेको भानु नगर र तनहुँ जिल्लालाई आगामी निर्वाचनमा जीत प्राप्त गर्दै विकास निर्माणमा गति दिन नेपाली काङ्ग्रेस प्रतिबद्धता रहेको धारणा व्यक्त गरे ।

कांग्रेस तनहुँका निवर्तमान सभापति बैकुण्ठ न्यौपानेले आगामी स्थानीय तहको निर्वाचनमा पार्टिका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्दै नेपाली काङ्ग्रेसको बिधान बमोजिम मात्र स्थानिय तहको उम्मेदवार चयन हुने भन्दै जानकारी गराउदै कोहि नेताहरुको आशीर्वाद र कृपा प्राप्त गर्नको लागि पछि लाग्नुको अौचित्य नभएको जिकिर गरे ।


महासमिति सदस्य आनन्दराज त्रिपाठीले भानु नगरलाइ सम्बृद्द बनाउनको निमित्त युवा पुस्ताको विकल्प नभएको बताए ।
कार्यक्रममा वक्ताहरूले भानुका तरुणहरुलाइ पार्टिमा आगामी निर्वाचनमा न्यायोचित भुमिका दिएको खण्डमा मात्र सङ्गठन हुने र पार्टिले विजय प्राप्त गर्न सक्ने कुरामा दिए ।


कार्यक्रमको सभापतित्व नेपाल तरुण दल भानुका सभापति तुल कुमारको सभापतित्वमा भएको कार्यक्रममा तरुण दल भानुका उप-सभापति सोम तामाङले तरुणहरु अब सहि उम्मेदवारको मात्रै समर्थन गर्न प्रतिबद्ध रहेको भन्दै आगामी निर्वाचनमा टिके प्रथा नगर्दिन नेताहरुलाइ आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी