मलेसियामा प्रकाशको मृत्युु, फराकचौरमा परिवारको गहभरि आँशु

  • ख-
  • ख+

विकास खनाल
फराकचौर :
‘याे के गर्यौ भगवान !’ ७० वर्षिया हितुमाया अधिकारी भक्कानिन्छिन् । डाँडा काट्ने बेला सुख दिन भनेर मलेसिया भासिएको छोरा अब कहिल्यै नआउने गरी संसारबाटै बिदा लिए पछि अहिले उनको मन बुझाउने ठाउँ छैन ।

सान्त्वना दिन आउने अाफन्तसँग गहभरि आँसु पार्दै उनले बह पोखेर पीडा हलुका गर्न खोजे पनि सकेकी छैनन् । ‘दसैंमा आउँछु आमा भनेकाे थियो’ , छाेराकाे बाेली सम्झँदै हितुमाया भक्कानिन्छिन् । गएको दसैंमा आउने भने पनि काेभिडका कारण घर आउने प्रकाश अधिकारीको सपना पूरा हुन पाएन ।


‘चार वर्ष भयो , अब छाेरा आउँछ सबैलाई खुसी हुन्छ भन्ने बेलामा याे बज्रपात आईलाग्याे’, हितुमाया बिलाैना पाेख्छिन । ‘काेख रित्तो बनाएर गएको सन्तानको माया भुल्न कुन अामाकाे मन मान्छ र ?’, उनी भन्छिन् ।


उनका छाेरा ४२ वर्षिय प्रकाश अधिकारी वैदेशिक राेजगारीका लागि मलेसिया गएका थिए । उनी मलेसियामा सेक्युरिटी गार्ड काम गर्ने गरेको मृतकका ठुलिअामाका छाेरा ( दाजु ) शंकर अधिकारीले बताए ।


प्रकाश पाँच दिन अघि शिवरात्रिका दिन ड्युटी सकेर काेठामा अकस्मात् ढलेका थिए । त्यस पछि सुतेका उनको काेठामै मृत्युु भएको उनका साथीहरूले भनेको दाजु शंकरले बताए ।


मृत्यु हुनुभन्दा केही समय मात्रै अगाडि श्रीमती मनिता अधिकारीसँग समेत भिडियो कलमा बाेलेका उनी बाेल्दाबाेल्दै ‘अाज मलाई अलि अस्जिलाे महसुस भएको छ , फेरि बाेलम्लाहै अहिले सुतम’ भनेर छुटेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी