ज्ञानेन्द्रको समूह राप्रपामा मर्ज

  • ख-
  • ख+

दमौलीः भ्रष्टाचारविरोधी अभियन्ताको पहिचान बनाएका ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको समूह राप्रपा तनहुँमा गाभिएको छ ।

केन्द्रमा अभियानका संयोजक शाही राप्रपाको प्रवक्ताका रुपमा प्रवेश गरे पछि उनले नेतृत्व गरेको हाम्रो नेपाल हाम्रो नेपाल अभियान तनहुँ पनि जिल्ला संयोजक विष्णुभक्त खनालको नेतृत्वमा २१ जना गाभिएको पार्टी जिल्ला अध्यक्ष विनोद घर्तीले जानकारी दिए ।

पार्टीले लिएको राजसंस्था सहितको हिन्दुराष्ट्र र अखण्ड नेपाल र देशमा भइरहेको लुटतन्त्रको विरुद्धमा सशक्त अभियान चलाउने प्रतिबद्धता गर्दै उनीहरुलाई पार्टीमा स्वागत गरेको अध्यक्ष घर्तीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी