कांग्रेस केन्द्रीय सदस्य भट्टराईद्वारा आँबुमा ३ खानेपानी आयोजना उद्घाटन

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले बुधबार आँबुखैरेनीमा एकै दिन तीन खानेपानी योजनाको उद्घाटन गरेका छन् ।

भट्टराईले आँबुको एक्लेफाँट खानेपानी तथा सरसफाई समिति, अकला आधारभुत विद्यालय र मार्किचोक खानेपानी तथा खानीखोला सरसफाइ तथा उपभोक्ता समिति अन्तर्गत योजनाको उद्घाटन गरेका हुन् ।

आँबु ३ एक्लेफाँटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सरकारी पदमा नरहे पनि आफूले व्यक्तिगत पहलबाट तनहुँ क्षेत्र नम्बर १ का पानीको अभाव खेपेका धेरै बस्तीमा पानी पुर्याउन सफल भएको बताए । ‘धेरै विकास अघि बढे पनि पानीकै अभावमा कोही महिला दिदीबहिनीले सास्ती बेहोर्नु नपरोस् भनेर थालेको अभियानले केही सफलता प्राप्त भएको छ,’ उनले भने,‘घर घरमा पानीको उद्देश्य पुरा नहुँदासम्म म लागिरहनेछु ।’

राजनीतिज्ञले आम नागरिकको समस्या पहिचान गरेर समाधानमा लाग्नुपर्ने भन्दै उनले आफ्नो एकमात्र लक्ष्य त्यही भएको बताए ।

कांग्रेस जिल्ला सभापति जीतप्रकाश आले, भूमि आयोग अध्यक्ष रामचन्द्र अधिकारी, गाउँपलिका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठ, नेता ध्रुवलाल प्रधान, कांग्रेस उपसभापति देवकुमार श्रेष्ठ, कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाललगायतले कार्यक्रममा बोलेका थिए ।
उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर चितौरेले गाउँको ठूलो समस्या समाधान भएको भन्दै खुशी व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी