दुई दिने शिविरमा २१९ कुकुरको बन्ध्याकरण तथा रेबिज खोप

  • ख-
  • ख+

संजय श्रेष्ठ

दमौली । सामुदायिक कुकुरको  बन्ध्याकरण तथा रेबिज रोग  विरद्धको खोप शिविरमा कुल २१९ कुकुरहरुको बन्ध्याकरण गरिएको  छ । सोही समयमा बन्ध्याकरण गरिएका सबै कुकुरहरुलाई रेबिज विरूद्धको खोप समेत लगाएर पुनः स्थानिय टोलहरुमा छाडिएको छ ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ  र व्यास नगरपालिका पशु विकास शाखाको संयुक्त आयोजनामा  व्यास नगरपालिका भित्र रहेका कुकुरहरुको दुई दिने बन्ध्याकरण शिविरमा कुल २१९ को बन्ध्याकरण गरिएको हो   । शिविरको पहिलो दिन  बुधबार ८५ वटा र दोस्रो दिन १३४ को बन्ध्याकरण गरिएको विज्ञ केन्द्रका प्रमुख  डा.बालकुमार श्रेष्ठले जानकारी दिए  ।
नेपाल सरकारको सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिजको मृत्यु दर शुन्य बनाउने अभियानलाई लक्ष्ति गर्दै केन्द्रले सो शिविर आयोजना गर्दै आएको श्रेष्ले बताए । केन्द्रले विगत ३ बर्ष देखि विभिन्न स्थानिय तहहरु सगँ सहकार्य गर्दै  बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको  छ । हालसम्म केन्द्रले शिविर मार्फत ४०० भन्दा बढीको बन्ध्याकरण गरेको केन्द्रका नायव पशु स्वास्थ्य प्राविधिक रुद्र सिं ठकुरीले जानकारी दिए ।  बन्ध्याकरण गर्दा प्रति कुकुरमा  २५ सय रुपैया भन्दा माथि खर्च केन्द्रले गर्ने गरेको ठकुरीले बताए । घरपालुवा जनावनहरु मध्ये कुकुर मानिसको सबै भन्दा नजिकको साथि भएता पनि स्वास्थ्य संवेदनशिलताका हिसाबले रेबिज जस्ता प्राणघाटक रोगबाट बच्न यस खाले कार्यक्रहरुलाई कार्यालयले  प्राथमिकतामा राखेर वर्षै पिच्छे  बन्ध्याकरण शिविर गर्दै आएको केन्द्रले जनाएको छ ।बार्षिक रुपमा सो शीर्षकका लागि ४ लाख भन्दा धेरै रकम केन्द्रले खर्चदै आएको छ ।

रोटट्रयाक क्लब अफ दमौलीले  १०० कुकुरलाई हाईलाइटर नेक बेल्ट  बाध्यो
सोही अवसरमा  रोटट्रयाक क्लब अफ दमौलीले १०० वटा सामुदायिक छाडा कुकुरहरुलाई बन्ध्याकरण पश्चात हाईलाइटर नेक बेल्ट बाधेको छ । रातको समयमा हुने  अधिकांश सवारी दुर्घटनाहरु कुकुर बिरालोका कारण हुने गरेकाले संभावित दुर्घटना न्युनिकरणका लागी  रातको समयमा टल्किने खाले बेल्ट बाधिएको क्लबकी सर्भिस डिरेकटर ममता श्रेष्ठले जानकारी दिईन्  । श्रेष्ठका अनुसार देशभर विभिन्न १८ वटा क्लवहरुले यसरी नै सामुदायिक कुकुरहरुलाई बेल्ट बाध्ने कार्यक्रम चलाईरहेको  छ  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी