शिविरको पहिलो दिन ८५ कुकुरको बन्ध्याकरण

  • ख-
  • ख+



दमौली । व्यास नगरपालिका भित्र रहेका सामुदायिक कुकुरको संख्या नियन्त्रण तथा रेबिज विरुद्ध खोप अभियानका लागि शिविर आयोजना गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ र व्यास नगरपालिका पशु विकास शाखाको संयुक्त आयोजनामा दुई दिने बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । शिविरको पहिलो दिन ८५ वटा कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा.बालकुमार श्रेष्ठले जानकारी दिए ।
शिविरको पहिलो दिन ५२ भाले तथा ३३ वटा पोथिको बन्ध्याकरण गरिएको श्रेष्ठले बताए । नेपाल सरकारको सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेविजको मृत्यु दर शुन्य बनाउने लक्ष्य अनुसार तनहुँमा बढ्दै गएको कुकुरको संख्या नियन्त्रण तथा रेबिज विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
बडदो संख्या नियन्त्रणका लागी बन्ध्याकरण नै उत्तम विकल्प भएको ’व्यास नगरपालिका पशु विकास शाखाका प्रमुख डा. मनोज विश्वकर्माले भने । बन्ध्याकरण शिविरले सामुदायिक कुकुरको बृद्विमा न्यूनीकरण हुने तथा रेविजजस्तो प्राणघातक रोगबाट मानव स्वास्थ्य पर्न सक्ने प्रतिकुल असरलाई कम गर्नमा सहयोय पुर्‍याउने विश्वकर्माले बताए ।
दुई दिन सम्म सञ्चालन गरिने यस शिविरमा करिब २०० वटा को बन्ध्याकरण गर्ने आयोजकले लक्ष्य राखेका छ । शिविर सञ्चालनका लागी केन्द्रका ३ जना सर्जन र आयोजकका ३ जना गरी कुल ६ जनाको सहभागीता रहेको छ । बन्ध्याकरण शिविरमा करिब १० जना प्राविधिक तथा १३ जना कार्यगत तालिममा सहभागी प्रशिक्षार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी