दमौलीः व्यास नगरपालिकाले कोभिडको ओमिक्रोन भेरिएन्टको संक्रमण फैलन थालेसँगै आफूले सञ्चालनमा ल्याएको कोभिड अस्पतालको सेवालाई निःशुल्क बनाउने घोषणा गरेको छ ।
प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोभिड संकट बढ्न थालेको भन्दै माघ १ गतेबाट अस्पतालको सेवा महामारी अवधिभर निःशुल्क गरिने उल्लेख छ ।
यसैगरी, नगरपालिकाले यस अघि घोषणा गरेको कृषि मेला स्थगनको निर्णय पनि गरेको छ ।
यस अघि गत २२ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको मेला कोभिड संघटका कारण २५ जना भन्दा बढी भेला नहुन सरकारले जारी गरेको निर्देशनका आधारमा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको प्रमुख प्रशासकिय अधिकृत सिग्देलद्वारा जारी विज्ञप्तिमा छ ।
व्यासको निर्णय