उद्योग बाणिज्य संघ तनहुँको ३६ औ बार्षिक साधारण सभा

  • ख-
  • ख+

दमौली : तनहुँ उद्योग बाणिज्य संघको ३६ औ बार्षिैक साधारण सभा सम्पन्न भएको छ ।

नेपाल सरकारका श्रम रोजगार तथा सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठको प्रमुख अतिथि मा सो कार्यक्रम उद्घाटन भएको थियो । तनहुँ उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे वि.क.लगाएतको पनि उपस्थित रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले देशको विकासमा उद्योग व्यवासायीहरुको महत्वपुर्ण भुमिका हुने बताएका थिए । संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव सुवोध अधिकारीले संघको प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमहरु भलाई कोष,सदस्यता वितरण र विविध विषय प्रस्तुत गर्ने बताए ।

त्यस्तै कोषाध्यक्षको प्रतिवेदन पनि प्रस्तुत गर्ने उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी