एमाले तनहुँकाे अधिवेशन : केदार नदोहोरिने, श्रीप्रसादको संभावना बलियो

  • ख-
  • ख+

विकास खनाल

दमौली: नेकपा एमाले तनहुँकाे नवाैं अधिवेशन अाजबाट शुरू हुँदैछ । अधिवेशनकाे सम्पुर्ण तयारी पूरा भएको र दिउँसो एक कार्यक्रमकाबीच नेता किरण गुरूङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

जिल्ला अधिवेशनका लागि तनहुँका १० पालिका र ८५ वटै वडाबाट प्रतिनिधि छनाैट गरिसकिएको छ ।

अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी गठन हुने र त्यसको लागि ६ सय भन्दा बढि प्रतिनिधि हरू सहभागी हुने प्रचारप्रसार संयाेजक विष्णुभक्त सिग्देलले बताए ।

नयाँ अध्यक्षका लागि वर्तमान अध्यक्ष केदार सिग्देलले नदाेहाेर्याउने भए पछि हालका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठको सम्भावना बलियो छ ।

अधिवेशनमा प्रभावशाली नेता हरिराज कँडेलले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । अध्यक्षमा सहमति भएको अवस्थामा उपाध्यक्षमा चुनाव लड्ने उनको तयारी छ ।

तर, नेतृत्वले उनलाई सर्वसम्मत उपाध्यक्ष बनाउने आवश्वासन दिएको छ ।
उता, व्यास ३ का नेता अनिल पाण्डेले जिल्ला सदस्यमा चुनाव लड्ने दमौली न्यूजलाई जानकारी दिएका छन् ।

अध्यक्ष सँगै अन्य पदाधिकारीमा भने धेरै जनाको अाकांक्षा भएकोले नेतृत्वलाई सर्वसम्मत गर्न हम्मेहम्मे पर्ने बताइएको छ । अहिले अधिवेशनकाे लागि दमाैलीका चाेकचेाकमा तुल , ब्यानर र झण्डाहरूले सजाइएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी