प्रअ भट्टराईद्वारा छात्रावासमा खाद्यान्न सहयोग

  • ख-
  • ख+

दमौलीः म्याग्दे गाउँपालिका स्थित रत्न माविका प्रअ रमेशबाबू भट्टराईले खाद्यान्न सहयोग गरेका छन् ।

व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा संञ्चालित शहिद चन्द्र नेपाली छात्रावासका लागि भट्टराईले खाद्यान्न सहयोग गरेका हुन् ।

स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय अध्यक्ष समेत रहेका उनले क्याम्पस प्रमुख महाप्रसाद हड्खले तथा छात्रावास प्रमुख वसन्ती आलेलाई दाल,चामल,नुन तेल,तरकारी लगायतका खाद्यान्न सहयोग गरेका हुन् ।

छात्रावासका लागि १० हजार ३ सय ९० मूल्य बराबरको खाद्यान्न सहयोग प्राप्त भएको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिए । सहयोग गर्ने प्रधानाध्यापक भट्टराईप्रति क्याम्पस परिवारले धन्यवाद व्यक्त गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी