लायन्स व्यास सिटीद्वारा अकलामा ५० हजारको शैक्षिक सामग्री र कपडा

  • ख-
  • ख+

थर्पुः लायन्स क्लब अफ तनहु व्यास सिटीले म्याग्दे ६ अकला आधारभुत विद्यालय छबिसेमा ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेको छ ।


क्लबका अध्यक्ष प्रदीप मल्ल नेतृत्वमा गएको टोलीले जुत्ता, मोजा, ट्राउजर, टोपीसँगै म्याट, फूटबल र भलिबल पनि वितरण गरिएको कार्यक्रमका संयोजक शुकनारायण मल्लले जानकारी दिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुक्तराज वाग्ले, क्लबका पूर्व अध्यक्ष रामकृष्ण विक, सचिव शान्ता बस्तोला, कोषाध्यक्ष राजु गोशलीलगायतको उपस्थितीमा कार्यक्रम गरिएको संयोजक मल्लले जानकारी दिए ।

आवश्यकताका आधारमा विद्यार्थीलाई सहयोग गरिएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी