गुणादीमा एकैरातमा ३ घरमा चोरी

  • ख-
  • ख+

विकास खनाल
गुणादी:
म्याग्दे गाउँपालिका वडा नँ १ गुणादीमा चोरको बिगबिगी बढेको छ । सोमबार राति मात्रै माथिल्लो गुणादीका नारायण श्रेष्ठ, लक्ष्मण श्रेष्ठ र गोवर्धन थापाको घरबाट रातिको समय पारि भाँडाकुँडाहरू चोरी भएको पीडित नारायण श्रेष्ठले दमौली न्यूजलाई बताए ।

सबै घरमै सुतेका रातिको समयमा निदाएको मौका छोपि चोरले आफ्नो घर बाट मात्रै तामाको ताउलो २ वटा , तामाको गाग्री ३ वटा र चरेसको थाल ४ वटा गरि करिव ५० हजारको सामान चोरेको श्रेष्ठले बताए ।

यस्तै, अर्का पीडित लक्ष्मण श्रेष्ठको घरबाट ताउलो एउटा, तामाको गाग्री तीनवटा चोरेर लगेको श्रेष्ठले बताए । मुल ढोकामा चावि झुन्डिरहेको छ तर बाहिर बाट भर्याङ हालेर सिधै माथि चढेर भाडाकुडा चोरर लगेछ श्रेष्ठले भने ।

यस्तै अर्का पीडित गोवर्धन थापाको घर बाट चरेसको थाल दुईवटा , पित्तलको पनियो , डाडु चोरेर लगेको बताइएको छ । तिनवटा घर बाट गरि करिब १ लाख को सामान चोरि भएको उनिहरूले बताए । यस्तै गुणादी स्थित दुर्गा मन्दिर हाता भित्रबाट पिसाब फेर्न लाग्दा मोबाइल चोरी भएको छ ।

बिहान ८ बजेको समयमा स्थानीय बेदु खनालको मोबाईल चोरी भएको हो । शौचालयभित्र पस्ने बेलामा सानो भिर्ने ब्याग बाहिर राखेर पिसाब फेरि बाहिर निस्कँदा ब्याग र ब्याग भित्रको पैसा भएको तर मोबाईल नभएको खनालले बताइन् ।

१३ हजारमा किनेको मोबाईल चोरी भएको भन्दै खनालले चोरी गर्ने व्यक्ति आँफुले नदेखेपनि अरूले देख्दा आँखा माथि छेंडेर फुलि लगाएको कुलतमा फसेको जस्तो देखिने युवा भएको बताएको खनालले जानकारी दिइन् ।

चोरी गर्ने चोरहरूको खोजी सम्बन्धमा थर्पु प्रहरी चौकीका सइ कृष्ण बानियाँ सँग सम्पर्क गर्दा चोरहरूको खोजि भइरहेको र छिट्टै पत्ता लाग्ने विश्वास लिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी