म्याग्देका किसानलाई अनुदानमा कुटानी पिसानी मेशिन

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिकाले किसानहरूलाई अनुदानमा कुटानी पिसानी मेशिन वितरण गरेको छ ।

गाउँपालिका प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष मायादेवी राना तथा उपाध्यक्ष बालकृष्ण घिमिरेले १७ वटा मेसिन किसानलाई हस्तान्तरण गरेको कृषि प्राविधिक सहायक प्रशान्त लामिछानेले बताए ।

सो अवसरमा अध्यक्ष रानाले अब किसानहरू लाई मिल खोज्दै टाढा जानुपर्ने समस्या हट्ने बताइन् । अलिकति धान कुट्न वा अन्य कुटानी पिसानीका काम गर्नपनि घरको अन्य काम धन्दा छोडेर लामो समय खर्चिनुपर्थ्यो भन्दै अध्यक्ष रानाले अब यो मेशिन गाउँमै पुगेपछि त्यस्ता समस्या हट्ने बताइन् ।

कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरेले किसानको समस्यालाई हेरेर ३८ हजार मुल्य पर्ने मेशिन १९ हजारमा उपलब्ध गराइएको बताए । ‘आधा अनुदानमा दिएका हौँ ,’ घिमिरेले भने ।

मेशिन पाएपछि किसानहरू खुसि भएका छन् । मेसिनबाट धान कुट्न , पिठो पिस्न , मकै , कोदो , गहुँ , फापर पिस्न सकिने कृषि प्राविधिक सहायक प्रशान्त लामिछानेले बताए । समूह बनेर आउनेलाई प्राथमिकता दिई वितरण गरिएको र केही व्यक्तिलाइ पनि दिइएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी