गुणादीमा गुडिया बनाउने तालिम

  • ख-
  • ख+

म्याग्देः गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम मेड्पा अन्तर्गत म्याग्दे गाउँ पालिकाको आयोजनामा मंगलवार देखि सुरु भएको गुडिया तथा सजावटका सामान वनाउने तालिम सम्पन्न भएको छ ।

म्याग्दे १ गुणादीमा संचालन भइ सम्पन्न भएको तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष मायादेवी रानाले सिकेको सिपलाई व्यवहारमा उतार्नुपर्ने बताइन् । लघु,घरेलु तथा साना उधोग सचालन गर्दा आयआर्जन गर्न सजिलो हुने अध्यक्ष रानाको भनाइ थियो ।

म्याग्दे गाउँपालिकाका प्रवक्ता एवं वडा न १ का अध्यक्ष शिवशरण वाग्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यपालिका सदस्य बद्रीका घिमिरे , लेखा अधिकृत नवराज पोखरेल, उद्योग अधिकृत प्रदिप न्यौपाने, वडा सचिव केशव पौडेललगायतले गाउँपालिकाले संचालन गरेका तालिमहरू लक्षित समुदायका लागि प्रभावकारी भएको धारणा व्यक्त गरेका थिए ।

१० दिन सम्म चलेको तालिममा १८ जना प्रशिक्षार्थिको सहभागिता रहेको उद्योग अधिकृत प्रदिप न्यौपानेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी