म्याग्देमा होमस्टे व्यवस्थापन तथा पुष्प खेती तालिम

  • ख-
  • ख+

म्याग्दे: म्याग्दे गाउँपालिका वडा नं ७ हर्षपुरमा होमस्टे व्यवस्थापन तथा पुष्प खेती सम्बन्धि तालिम सञ्चालन भएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ( मेड्पा ) म्याग्देको आयोजनामा भएको तालिम पौष २ गतेदेखि ६ गतेसम्म गरि ५ दिन चल्ने गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदीप न्यौपानेले बताए । शुक्रबार हर्षपुर होमस्टे भवनमा आयोजित एक कार्यक्रमकाबीच तालिमको गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् ।

उनले होमस्टे सञ्चालन भए पछि गाउँलेको जिवनस्तर उकासिनु पर्ने बताइन् । ‘होमस्टेको कमाइले सञ्चालन गर्दा लागेको ऋण तिरी घरको जिविका चल्न सक्नुपर्ने रानाको भनाइ थियो । ‘सीप सिकेर उधमशिल बन्नुहोस , यो तालिमले उद्यमशिल बन्न सहयोग गर्छ,’ रानाले भनिन् ।

कार्यक्रममा पर्यटनविद् हरिसिं गुरूङले होमस्टे सञ्चालनको लागि तालिम अत्यन्तै महत्त्वपूर्ण र प्रभावकारी हुने बिश्वास लिएको बताए । हामी लगातार ५ दिनसम्म तपाईहरूलाइ होमस्टे सञ्चालन, व्यवस्थापन , अतिथि सत्कार देखि पुष्प खेतीका बारेमा सिकाउने उनले बताए ।

कार्यक्रममा मेलमिलाप आमा समुहकी अध्यक्ष सनिसरा मगर , काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि नरबहादुर आले , रिपासिकार थुम्कि सामुदायिक वनका अध्यक्ष भेषबहादुर राना , होमस्टेका अध्यक्ष बिहिसरा थापा, गोविन्द राना, बालकृष्ण श्रेष्ठलगायतले तालिम प्रभावकारी र परिणाममुखि हुनुपर्नेमा जोड दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी