विद्यार्थीलाई आदर्श नमुना क्लबको न्यानो कपडा

  • ख-
  • ख+

म्याग्दे : म्याग्दे गाउँपालिका वडा नम्बर ४ मनहरीमा रहेको पार्वती आधारभुत विद्यालयका विद्यार्थीलाई आदर्श नमुना क्लबले न्यानो कपडा वितरण गरेको छ ।

देउसी भैलो खेलेको रकम बाट बचेको पैसाले अति निम्न वर्गिय १० जनालाई न्यानो कपडा वितरण गरिएको क्लबका अध्यक्ष गौरवराज रानाले बताए । सामाजिक उत्तरदायित्वको भावना अन्तर्गत करिब १० हजार मुल्य बराबरको न्यानो कपडा बितरण गरिएको अध्यक्ष रानाले बताए ।

कार्यक्रममा विद्यालयका प्रअ सागर आचार्यले विद्यार्थीहरू लाई न्यानो कपडा वितरण गरेकोमा क्लव परिवारलाई धन्यवाद दिए । सो अवसरमा शिवसक्ति युवा क्लबका अध्यक्ष एवम् सहयोगी रमेश अधिकारी , क्लबका सचिव सलन थापा लगायतको उपस्थिति थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी