म्याग्देका जेष्ठ नागरिकलाई सम्मान

  • ख-
  • ख+

विकाश खनाल म्याग्दे : म्याग्दे गाउँपालिका वडा नं ४ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडामा रहेका ८० बर्ष नाघेका ६० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको म्याग्दे ४ का वडा सदस्य दिपक श्रेष्ठले बताए ।

बढ्दो जाडो सँगै जेष्ठ नागरिकहरू लाई सास्ती बढ्ने तथा प्रत्यक्ष प्रभावित हुने हुनाले यसबाट बच्न केही भए पनि सहयोग होस भनेर तातोपानी तताउने कित्लि तथा आउने जाने भाडा खर्च स्वरूप नगद ५ सय दिएर सम्मान गरिएको सदस्य श्रेष्ठले बताए । जेष्ठ नागरिकलाई सम्मान गर्दै म्याग्दे ४ का वडा अध्यक्ष प्रेमबहादुर थापाले गाउँपालिकाले स्रोत साधनले भ्याएसम्म जेष्ठ नागरिकको लागि काम गरेको बताए ।

जेष्ठ नागरिकहरूको लागि फलफूल बितरण, न्यानो कपडा बितरण , छाता बितरण देखि खादा तथा दोसल्लाले सम्मान बिगतका बर्षहरूमा गर्दै आएको र यसपटक कित्लि प्रदान गरिएको अध्यक्ष थापाले बताए । तपाईंहरू देश र समाजको गहना अनि जिउँदो इतिहास हो भन्दै अध्यक्ष थापाले राज्यले जेष्ठ नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।

सम्मान कार्यक्रममा वडा नं ४ का जनप्रतिनिधि, कर्मचारी सबैको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी