अामा समूह भवनको प्रदेश सांसद काेइरालाद्वारा उद्घाटन

  • ख-
  • ख+

म्याग्दे : म्याग्दे गाउँपालिका वडा नं ६ स्थित बेलौते खानीखोला आमा समुहको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले एक कार्यक्रमका बीच भवनको उद्घाटन गरेकी हुन् साँसद कोषबाट २ लाख र आमा समुहको करिब ४ लाख गरी कूल ६ लाखको लागतमा भवन निर्माण गरिएको हो ।

१० लाख मूल्य बराबर पर्ने ५ आना जग्गा स्थानीय पुर्णिमा परियारले उपलव्ध गराएपछि भवन बनाउन आमा समूह लागिपरेको हाे ।

भवन उद्घाटन कार्यक्रममा नेपालि काङ्ग्रेसका प्रतिनिधी जुक्तराज वाग्ले ,एमालेका हरिबहादुर थापा ,नेकपा माओवादी केन्द्रका म्याग्दे गाउँपालिकाका अध्यक्ष डिलबहादुर नेपाली,सचिव बालकृष्ण श्रेष्ठ , म्याग्दे ३ का वडाध्यक्ष बसन थापा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष प्रकाश भण्डारी लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी