दमौली: मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थयको क्षेत्रमा लामो समय देखि काम गर्दे आइरहेको कोशिशले मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि तालिम सञ्चालन गरेको छ ।
तनहुँ जिल्लाका ६ वटा स्थानीय तह तथा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुलाइ मानासिक स्वास्थ्य सम्वन्धी ६ दिने तालिम संचालन गरेको काेशिशका कार्यक्रम संयाेजक रविलाेचन पाैड्यालले बताए । तालिममा तनहुँकाे भानु, वन्दिपुर, व्यास, म्याग्दे, भिमाद, आवुखैरेनी तथा लम्जुङ र गोरखाका स्वास्थ्यकर्मी हरु सहभागी भएका पाैड्यालले बताए ।
समुदायमा मानसिक स्वास्थ्य सम्वन्धि समस्याहरु दिनानुदिन वढिरहेको तथा पहिचान, प्रेषण र निदानका लागि आवश्यक मानव स्रोत हरु अत्यन्तै कम भएको सन्दर्भमा तालिम प्रदान गरिएको हाे । तालिमले स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गराइ स्थानीय स्तरमानै मानसिक स्वास्थ्य सम्वन्धी आधारभूत सेवा प्रदान गर्न सहयोग पुग्ने बिश्वास लिएको संयोजक पौड्याल ले वताए ।
सस्थाले यस्तै तालिम विगतमा पनि २२ जना स्वास्थकर्मीहरुलाइ संचालन गरिसकेको छ । यसका साथै काेशिशले समुदायमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धनका लागि समुदाय तथा विद्यालय स्तरमा विभिन्न क्रियाकलापहरु संचालन गरिरहेको छ ।
सस्थाद्धारा सेवा प्रवाहका क्रममा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाइ परामर्श तथा कडा किसिमका मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाइ उद्धार, उपचार तथा पुर्नस्थापना गर्ने गरेको पौड्यालले वताए ।