दमौली : असमान्त हटाऔं एड्स अन्त्य गरौ भन्ने मुल नाराका साथ आज ३४ औं विश्व एड्स दिवस मनाईदै छ ।
हरेक वर्ष डिसेम्बर १ तारिकका दिन पर्ने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय स्तरबाटनै जनचेतनामा बढी जोड दिनु पर्ने आवश्यक भएको जनाईएको छ ।
व्यास ३ अनसन चौतारी अगाडी एड्स लागेर मृत्यु हुनेहरुको सम्झनामा मैन बत्ती बालिएको थियो । व्यास नगरपालिकाकी उप–प्रमुख मिरा जोसी र जिल्ला समन्वय समितिकी उप–सभापती पवित्रा पौडेल दुवैले सयुंक्तरुपमा मैन वत्ती बालेका थिए ।
व्यास नगरपालिकाको आयोजनामा सो मैन वत्ती बालिएको थियो भने सह आयोजकमा कम्युनिटि ग्रुप तनहुँ र एककृत महिला समुह रहेका थिए ।