भानुमा सनराईजको ८० औं शाखारहित बैंकिङ्ग सेवा विस्तार

  • ख-
  • ख+

सेपाबगैंचा: सनराईज बैंक लिमिटेडको शाखा रहित बैंकिङ्ग सेवा भानु नगरपालिकाको वडा न.५ सेपाबगैंचामा  सुभारम्भ गरिएको छ।

वडाध्यक्ष टिकाराम हड्खलेको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रमको अध्यक्षता सनराईज बैंक डुम्रे शाखा प्रमुख सन्तोषराज वाग्लेले गरेका थिए ।

सनराइज बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख सुजन पौडेलको उपस्थिती रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य बैंक कर्मचारी मातृका प्रसाद लम्सालले राखेका थिए।

भानु नगरपालिका वडा.५ का वडा सदस्य दीपक थापा,समाजसेवी रामकुमार श्रेष्ठ ले चुँदी क्षेत्रमा बैंकको आगमनले उत्साहित रहेको बताए ।

विभिन्न संघ संस्था र स्थानीयको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा डुम्रे शाखा प्रमुख सन्तोषराज वाग्लेले  स्थानीयको सुख दु:खमा साथ दिनका लागी यहाँ सम्म सनराईज बैकको बैकिङ्ग संजाल बिस्तार गरिएको बताए।

उनले यस कार्यक्रमले चुँदी क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई व्यवसायिक बनाउन पनि थप भूमिका खेल्ने बताए।

शाखा रहित बैंकिङ्ग सेवा कार्यक्रममा सम्पर्क व्यक्ति रूपमा प्रविणराज बराल रहेको बैंक कर्मचारी युवराज गौतमले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी